सुदूरपश्चिम मुख्यमन्त्री : रावलले दिए राजीनामा, शाहको दाबी कुर्दै प्रदेश प्रमुखको कार्यालय

सुदूरपश्चिम मुख्यमन्त्री : रावलले दिए राजीनामा, शाहको दाबी कुर्दै प्रदेश प्रमुखको कार्यालय

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका संसदीय दलको नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुँदैछन्।

वर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलको विश्वासको मतको लागि राखेको प्रस्ताव नै बहुमतबाट अस्वीकृत भएपछि उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्ममन्त्री नियुक्त हुन लागेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, अब कांग्रेसबाट मुख्यमन्त्री नियुक्त हुने

मुख्यमन्त्री रावल राजीनामा दिएको र ठूलो दलको हैसियतले शाहले दाबी लिएर आए आजै नियुक्त गर्ने गरी तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले उकेरालाई जानकारी दिए।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भने- ‘अनैतिक खेलमा लाग्दिनँ, अहिल्यै राजीनामा दिन्छु’

‘मुख्यमन्त्रीले राजीनामा दिएसँगै हामीले उपधारा ३ बमोजिम ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्तिका लागि तयारी थालिसकेका छौं,’ उनले भने, ‘उहाँहरू दाबी लिएर आउनुभयो भने आजै नियुक्ति र शपथ गराउने तयारी छ।’

माघ २६, २०७९ बिहीबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।