सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भने- ‘अनैतिक खेलमा लाग्दिनँ, अहिल्यै राजीनामा दिन्छु’
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले केहीबेरमा राजीनामा दिने बताएका छन्।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि उनले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने बताएका हुन्।
‘संसदीय प्रणालीलाई स्वीकार्छु, अनैतिक खेलमा लाग्दिनँ,’ उनले भने, ‘म अहिल्यै राजीनामा दिन्छु।’
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए।्
तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन्।
बिहीबार बिहान ७ सांसदसँगको तस्बिर राख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी थिइन्।
माघ २६, २०७९ बिहीबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।