कर्णाली प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

काठमाडौं : कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ।

माघ २३ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’को अवसर पारेर फागुन १ गते सार्वजकि बिदा दिने निर्णय गरेको हो।

उक्त निर्णय प्रदेश सरकारले बुधबार राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।

फागुन १ गते कर्णाली प्रदेशभर प्रदेश र स्थानीय तहका कार्यालयहरू बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

माघ २६, २०७९ बिहीबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।