उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर दाहाल र ओली छलफलमा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर दाहाल र ओली छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर दाहाल र ओली छलफलमा जुटेका हुन्।

उच्चस्तरीय राजनीतिक संयन्त्रबाट राष्ट्रपतिको उम्मेदवार तय गर्ने तयारीमा यी दुई नेता लागेका छन्। जसका लागि दाहाल र ओलीबीच लगातार रुपमा भेटवार्ता जारी छ।

माघ २६, २०७९ बिहीबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।