नेपाली सेनाको ‘सफा हिमाल अभियान’लाई सूर्य नेपालले सहयोग गर्ने

नेपाली सेनाको ‘सफा हिमाल अभियान’लाई सूर्य नेपालले सहयोग गर्ने

काठमाडौं : जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ संचालन गर्ने भएको छ।

यस अभियानमा सहयोगका लागि सूर्य नेपाल प्रालिले नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’ सँग साझेदारी गर्ने भएको छ।

सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानका लागि १ करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको हाे।

सफा हिमाल अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्नपूर्ण र लोत्सेको सफाई गरिने योजना छ।

मंगलबार नेपाली सेना, सूर्य नेपाल प्रालि र ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’ बीच यस अभियानलाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

माघ २६, २०७९ बिहीबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।