२१ अंकले झरेको नेप्से १२ अंकले उकालो लाग्यो, २ अर्बको कारोबार

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से १२ अंकले उकालो लाग्यो।
उतारचढावका बीच नेप्से १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुग्दा ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स १.४२ अंकले बढेर ४१५.४२ विन्दुमा चढ्यो।
कारोबार सुरु हुँदा २१८१ मा रहेको बजार एक समय २१५३ सम्म झरेको थियो तर अन्त्यमा बढेर २१८२ विन्दुमा पुग्यो।
बजार उतारचढाव आएसँगै बिहीबार २ अर्बको कारोबार भयो। २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच हुँदा २ खर्ब ६ करोड २० लाखको कारोबार भयो।
यसदिन बाराही हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले बढ्यो। कारोबार रकमको हिसाबले पहिलो स्थनमा अपी हाइड्रोपावर र दोस्रो स्थानमा नबिल बैंक लिमिटेड रह्यो।
अपिले ५ करोड ८६ लाखको कारोबार गर्दा नबिलले ५ करोड ७३ लाखको कारोबार गर्न सफल रह्यो।
माघ २६, २०७९ बिहीबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।