संविधानमा भएको व्यवस्था लागू नै नगरी संविधानलाई दोष दिन मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

संविधानमा भएको व्यवस्था लागू नै नगरी संविधानलाई दोष दिन मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन्। 

निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज भएको बताए। 

उनले भने, ‘संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्। कतिपय विषयमा विमति पनि होलान्। तर हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।’

उनले संविधानको पूर्ण कार्यान्वयनपछि मात्र यो संविधानमा के कति समस्या र त्रुटि छन् भन्ने निष्कर्षमा पुग्न सकिने बताए।

‘संविधानले भनेको कुरा पहिला लागू गरौं। त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौंला। संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनुहुँदैन,’ उनले भने।

माघ २६, २०७९ बिहीबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।