हेल्मेटभित्र लुकाएर नेपाल भित्र्याइँदै गरेको १८ लाख रूपैयाँसहित दुई भारतीय नियन्त्रणमा

हेल्मेटभित्र लुकाएर नेपाल भित्र्याइँदै गरेको १८ लाख रूपैयाँसहित दुई भारतीय नियन्त्रणमा

काठमाडौं : हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको १८ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले वीरगञ्जबाट दुई जनालाइ नियन्त्रणमा लिएको छ।

बुधबार साँझ भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पक्राउ गरेको हो।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख रूपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

फेला पारिएको नेपाली रूपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद रूपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाइएको छ।

माघ २६, २०७९ बिहीबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।