विवेकशील साझाको पहिलो महाधिवेशनमा बाबुरामदेखि रविसम्मले सम्बोधन गर्ने

विवेकशील साझाको पहिलो महाधिवेशनमा बाबुरामदेखि रविसम्मले सम्बोधन गर्ने

काठमाडौं : माघ २७ गतेदेखि काठमाडौंमा हुने विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा भएको छ।

पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको सम्पूर्ण तयारी सकिएको पार्टीले जनाएको छ। महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने विश्वास पार्टीले लिएको छ।

विवेकशील साझाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले सम्बोधन गर्नेछन्।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता समाजवादीका नेता घनश्याम भुसाल, माओवादी केन्द्रकी नेता फम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायण लगायतले सम्बोधन गर्ने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

माघ २६, २०७९ बिहीबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।