२-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यानचेस्टर युनाइटेड खेल बराबरी गर्न सफल
काठमाडौं : खेलको दोस्रो हाफमा दुई गोल फर्काउँदै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग बराबरीको खेल खेल्न सफल भएको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलको सुरुवातमै जिनोन्टोले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए। यसपछि ४८औं मिनेटमा युनाइटेडका राफायल भरानले आत्मघाती गोल गरेपछि लिड्सको अग्रता दोब्बर बनेको थियो।
तर यसपछि रासफोर्ड ६२औं मिनेटमा र सान्चोले ७०औं मिनेटमा लगातार दई गाेल गर्दै युनाइटेडको हार टारे।
यो बराबरीपछि २२ खेलबाट ४३ अंक रहेको युनाइटेड लिगको तेस्रो स्थानमा कायमै छ। लिग लिडर आर्सनलको २० खेलबाट ५० अंक छ।
माघ २६, २०७९ बिहीबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।