बिहान ५:३० बजे नै अनुगमनमा पुगेका पर्यटनमन्त्रीले भने- ‘विमानस्थल सुन्दर बनाउने ब्यूटीसियनलाई धन्यवाद’

बिहान ५:३० बजे नै अनुगमनमा पुगेका पर्यटनमन्त्रीले भने- ‘विमानस्थल सुन्दर बनाउने ब्यूटीसियनलाई धन्यवाद’

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए।

उनले भने, ‘विमानस्थलको अवस्था क्रमिकरुपमा सुधार भइरहेको छ। यसबाट म आंशिक सन्तुष्ट छु। २४ सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियन (मजदुर) लाई विशेष धन्यवाद छ।’

अनुगमनका लागि उनी बिहान ५:३० बजे नै विमानस्थल पुगेका थिए। मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए।

माघ २६, २०७९ बिहीबार १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।