साफ यू-२० फुटबलको फाइनलमा बंगलादेशसँग भिड्दै नेपाल, समूह चरणको हारको बदला लिने तयारी

साफ यू-२० फुटबलको फाइनलमा बंगलादेशसँग भिड्दै नेपाल, समूह चरणको हारको बदला लिने तयारी

काठमाडौं : नेपालले साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज फाइनलमा घरेलु टोली बंगलादेशसँग भिडन्त गर्दैछ।

बंगलादेशमै जारी प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। समूह चरणको हारको बदला लिँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य रहको छ।

समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। तर बाँकी दुई खेल जित्दै नेपालले समूहको उपविजेताको रुपमा फाइनलमा स्थान बनाएको थियो।

नेपालले समूह चरणमा भुटानलाई ४–० र भारतलाई ३–१ ले हराएको थियो। बंगलादेश भने अपराजित रहँदै फाइनलमा पुगेको हो।

भारत र भुटान भने समूह चरणबाटै बाहिरिसकेका छन्।

माघ २६, २०७९ बिहीबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।