सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्ति निर्णायक
काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि हिजो अन्तिम समयमा विश्वासको मत लिने प्रायोजनले बोलाइएको बैठक स्थगित भएको थियो।
हाल मुख्यमन्त्री रावलको भविष्य नागरिक उन्मुक्ति पार्टीको निर्णयमा अडिएको छ। नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको छ।
यता रावलसँग विश्वासको मत लिन आजसम्मको म्याद मात्र छ र आज विश्वासको मत नपाए रावल नेतृत्त्वको सरकार बाहिरिनु पर्नेछ। यो अवस्थामा प्रदेश सभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सात जना सांसद छन्।
नागरिक उन्मुक्तिले पार्टीका संस्थापक नेता रेशम चौधरीको रिहाइको माग गर्दै आएको छ। यस्तै केही दिनअघि पक्राउ परेका अर्का सांसद अरुण चौधरीको विषयमा पनि नागरिक उन्मुक्ति सङ्घ सरकारसँग क्रुद्ध छ।
माघ २६, २०७९ बिहीबार ०९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।