डिल्लीराम विरुद्ध अभिनेत्री करिष्माको उजुरी, रविसँग नाम जोडेर चरित्र हत्या गरेको दावी
काठमाडौँ : अमेरिका रहँदा रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको दाबी गरेर चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।
युट्युबमा चर्का कुरा गर्दै चर्चामा आइरहने डिल्लीरामले करिष्मा अमेरिकामा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग लिभिङ टुगेदरमा बसेको दाबी गरेका थिए।
उनको सो दाबी झुटो भएको र आफ्नो चरित्र हत्या भएको दाबी गर्दै मानन्धरले उजुरी दिएकी हुन्। उजुरीबारे जानकारी दिँदै मानन्धरले लेखिन्' यो अति भयो। भइहाल्यो भने। कलाकारलाई यस्तै भन्छन् भनेर सहे। हिजो साइबर ब्युरोमा निवेदन हालेकी छु। हेरौँ, नेपालको कानुन कत्तिको बलियो छ।'
उनले आफू हिन्दु भएको र लिभिङ टूगेदरको बिचारलाई नै विश्वास नगर्ने व्यक्ति भएको उल्लेख गरेकी छिन्।
माघ २५, २०७९ बुधबार २२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।