उकेरा टप फाइभ : रविविरुद्ध परेको अर्को उजुरीदेखि सरकारी अस्पतालमा स्वास्थ्य सामाग्री किन्दा हुने मिलेमतोसम्म
काठमाडौं : बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालकोट पुगेका थिए। भेट राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित थियो।
यता आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार नै सरकारले टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार र राहतका लागि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने निर्णय पनि गरेको छ।
आजका टप फाइभ
पाँच वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा रवि लामिछानेविरुद्ध उजुरी (पत्रसहित)
अवैध नागरिकताका कारण सांसद र गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को उजुरी परेको छ।
सरकारी वकिलको कार्यालयमा युवराज पौडेल (सफल)ले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएका हुन्।
रविप्रति प्रदीप पौडेलको टिप्पणी– वैकल्पिक भनिएका साथीहरूले संयमता गुमाए, समर्थकमाझ निराशा छायो
बुधबार रविप्रति नै इंकित गर्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली राजनीतिका वैकल्पिक भनिएका नेताहरूले संयमता गुमाएको आरोप लगाए। जसले गर्दा समर्थकमा निराशा छाएको उनको टिप्पणी थियो।
जब भूकम्प गएको दुई दिनपछि भग्नावशेषबाट पूरै परिवारलाई जीवितै निकालियाे
टर्की र सिरियमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघिसकेको छ। तर उद्धारकर्मीहरूले बुधबार भूकम्प गएको दुई दिनपछि भग्नावशेषमा पुरिएका एक सिरियाली परिवारका सबै सदस्यलाई जीवितै उद्धार गरेर चमत्कारको काम गरेका छन्।
स्वास्थ्य सामाग्री किन्न अस्पतालपिच्छे मापदण्ड, मिलेमतो सहज गराउन महाशाखाकै अधिकारी सहयोगी
सरकारी अस्पतालमा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता हुने गरेको समाचार उकेराले बारम्बार प्रकाशित गर्दै आइरहेको छ। स्वास्थ्य सामाग्री किन्न अस्पतालपिच्छे मापदण्ड फेर्ने गरिएको र भित्रैबाट मिलेमतो हुने गरेको पनि खुलेको छ।
ब्याच नम्बर ६९ : जसको आमा मारिइन् उनैको पैसाले अनुसन्धान गर्नुपर्दा बिजोगै भयो
बुधबारको उकेरा कोलम अन्तर्गत ‘ब्याच नम्बर ६९’ मा भने हेमन्त मल्लले जसको आमा मारिइन् उनैको पैसाले अनुसन्धान गर्नुपर्दाको अनुभव साटेका छन्।
माघ २५, २०७९ बुधबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।