टर्की भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

एजेन्सी: टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ।
टर्कीमा मात्र हालसम्म आठ हजार ५७४ जनाको मृत्यु भैसकेको सरकारी निकायले जनाएको छ। यसअघि देशको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको बताएको थियो।
सिरियामा भने कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा सोमबार बिहान ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।
माघ २५, २०७९ बुधबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।