१४ वर्षीया बालिका बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

१४ वर्षीया बालिका बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

उदयपुर: १४ वर्षीया बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मी र दुई महिला पक्राउ परेका छन्।

बालिकालाई फकाएर होटलमा लगी बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका हुन्।

खोटाङ घर भई उदयपुरको गाईघाटमा डेरा गरी बस्दै आएकी कक्षा ८ मा अध्ययनरत बालिकालाई अहेब यादवले दुई महिलाको सहयोगमा दुई साता अगाडि गाईघाटस्थित एक होटलमा बलात्कार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिका बलात्कृत भएको र अन्यत्र लाने तयारीसमेत गरेको भन्ने सूचना पाएपछि प्रहरीले तीनै जना अभियुक्तलाई पक्राउ गरेको हाे।

जिल्ला प्रहरी कार्यालय उदयपुरले यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीया सूचना राई र अर्का ४८ वर्षीय तीर्थमाया तामाङलाई पनि पक्राउ गरेको छ।

माघ २५, २०७९ बुधबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।