हवाई सेवा सुरक्षित बनाउन परेको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ 

हवाई सेवा सुरक्षित बनाउन परेको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ 

काठमाडौं: सर्वोच्च अदालतले हवाई यातायात सञ्चालनसम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै परेको रिट निवेदनमा सरकारसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले यही माघ २० गत दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्जन गर्न माग गरिएको छ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरिइको छ।

 

माघ २५, २०७९ बुधबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।