नेपालको ‘मेडिकल टीम’ भूकम्पबाट प्रभावित टर्कीमा सहयोगका लागि जाने

नेपालको ‘मेडिकल टीम’ भूकम्पबाट प्रभावित टर्कीमा सहयोगका लागि जाने

काठमाडौं: टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार र राहतका लागि नेपाल सरकारले पनि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेकोमा टर्की सरकारको दुःखमा नेपालले पनि सहयोग गर्नुपर्ने बताए।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

माघ २५, २०७९ बुधबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।