सर्वोच्चले सोध्याे देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउनुको कारण
काठमाडाैंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै परेकाे रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
अधिवक्ता विमल पोखरेलले नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै रिट दर्ता गरेका थिए।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हाे। यससँगै यो रिटमा दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ।
रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षीको अधिकार दिन नमिल्ने उल्लेख छ।
माघ २५, २०७९ बुधबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।