राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित
बुटवल: लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन्।
दाङमा सम्पन्न मतदानमा सत्ता साझेदार दल एमालेको तर्फबाट उम्मेदवार बनेका दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानाकारी दिए।
नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्।
निर्वाचनमा ३०५ जना मतदाता थिए। जसमा ३०४ मत खसेको थियो। एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन भएको हो।
माघ २५, २०७९ बुधबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।