टर्की भूकम्पः मृत्यु हुनेको संख्या ९ हजार नाघ्याे, २० हजार मानिस हताहत भएको अनुमान 

टर्की भूकम्पः मृत्यु हुनेको संख्या ९ हजार नाघ्याे, २० हजार मानिस हताहत भएको अनुमान 

एजेन्सी: टर्कीको पूर्वी भाग र सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म ९ हजार ५ सय जनाको मृत्यु भएको छ। 

यस भूकम्पमा परी २० हजार मानिस हताहत भएको अनुमान उद्धार तथा राहतको समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले गरेका छन्। 

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन्।

करिब ६ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको बताइएको छ।

सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्प गएको थियाे।

माघ २५, २०७९ बुधबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।