महंगी बढेको भन्दै विप्लवको पार्टीले गर्ने भयो देशभर विरोध प्रदर्शन
काठमाडौं : महंगी र चर्को ब्याजदरको विरुद्धमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्न लागेको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी गराए।
बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै उनले बैंक तथा लघुवित्तको चर्को ब्याजदरको विरुद्धमा फागुन ५ गते विरोध प्रदर्शन गर्ने बताएका हुन्।
त्यसैगरी महंगीको विरुद्धमा पनि १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने उनले घोषणा गरे।
माघ २५, २०७९ बुधबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।