ठुला व्यवसायीले पैसा विदेश लगिरहेका छन्, मध्यमवर्गीय उद्योगी भने टाट पल्टिने अवस्थामा पुगे : विप्लव

ठुला व्यवसायीले पैसा विदेश लगिरहेका छन्, मध्यमवर्गीय उद्योगी भने टाट पल्टिने अवस्थामा पुगे : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले देशको अर्थतन्त्र केही व्यक्तिको हातमा मात्र सीमित हुन पुगको बताएका छन्।

बुधबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताए।

केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चन्दले ठुला व्यवसायीले पुँजी विदेश लगिरहेको उल्लेख गरे।

उनले भने, ‘नेपालको अर्थतन्त्र सिमित व्यक्तिको, मात्र २ सय परिवारको हातमा जाँदैछ।’

हालको अवस्थामा ९० प्रतिशत नेपाली गरिबीको मारमा पर्नु भनेको आर्थिक संकट मात्र नभएर राजनीतिक संकट पनि भएको उनले बताए।

माघ २५, २०७९ बुधबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।