अस्ट्रेलियामा भएकी साथीको नाममा फेसबुक खोलेर ठगी गरेको आरोपमा २० वर्षीया स्वस्तिका पक्राउ

अस्ट्रेलियामा भएकी साथीको नाममा फेसबुक खोलेर ठगी गरेको आरोपमा २० वर्षीया स्वस्तिका पक्राउ

काठमाडौं : आफ्नै साथीको नाममा फेक आइडी खोलेर आर्थिक कारोबार गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी गाँउपालिका–४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठ रहेकी छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उनले फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको दुरूपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोलेकी थिइन्।

त्यसमार्फत केटा साथीहरूलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ई–सेवा लगायतका वालेटहरूमा रकम पठाउन लगाएर ठगी गरेको खुलेको हो।

उनी उपर विद्युतिय कारोबार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ।

माघ २५, २०७९ बुधबार १४:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।