होटलमा लगेर किशोरी बलात्कार, २० वर्ष जेठा पुरुष पक्राउ

होटलमा लगेर किशोरी बलात्कार, २० वर्ष जेठा पुरुष पक्राउ

रूपन्देही : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङ रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका–७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको प्रहरी चौकी खैरेनीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

माघ २५, २०७९ बुधबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।