गगन थापाको प्रश्न– राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो ?

गगन थापाको प्रश्न– राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो ?

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्न गरेका छन्।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा उनले आजकल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रश्न गर्दा एमालेको साइबर सेनाभन्दा बढि आक्रमण हुन थालेको भन्दै प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्न गरेका हुन्।

‘सरकारमा किन गएको र सरकार किन बाहिर निस्किएको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न उठाउनै नपाइने?,’ उनले भने, ‘सहमति कार्यान्वयन नभएपछि प्रधानमन्त्रीप्रति आक्रोश देखाउनुपर्ने होइन, अनि सहमति कार्यन्वयन नभएको भए समर्थन फिर्ता किन नलिएको? राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने?’

एमालेको कार्यकर्ता राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुन्छ : गगन थापा

एकदिन अघि मात्र भिमार्जुन आचार्य र रास्वपाका केही नेताहरू सम्मिलित कार्यक्रममा भएको बहस स्मरण गर्द उनले अगाडि भने, 'पहिला एकताका माओवादीको बारेमा भन्यो भने बेलुका पिट्नै आउँछन् कि भन्यो भने बेलुका पिट्नै आउँछन् जस्तो हुन्थ्यो, पछि एमालेको बारेमा भन्यो भने एमाले साइबर सेना उत्रिन्थ्यो। अहिले रास्वपाबारे बोल्यो भने साइबर सेनाभन्दा कडा आउँछ। बोल्न पाउने कि नपाउने?'

प्रेससँग नेता र नेतासँग प्रेस डराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले दुवै पक्षले आत्ममूल्याङ्कन गर्दै अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा उनले कतै खसी करायो कि आफैँलाई जिस्क्याएको जस्तै लाग्ने बताए।

माघ २५, २०७९ बुधबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।