विश्वासकाे मत लिन बाेलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

विश्वासकाे मत लिन बाेलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौं : सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

उनका अनुसार सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो।

सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना मागका विषयलाई र्लिर विश्वासको मतबारे निर्णय नगरेपछि बैठक सारिएको हो।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले बुधबार विश्वासको मत लिने कार्यसूची तय भएको थियो।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यदि विश्वासकाे मत प्राप्त गर्न नसकेमा स्वत: ठूलाे पार्टीको संसदीय दलकाे नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

माघ २५, २०७९ बुधबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।