‘कांतारा’ को प्रिक्वेल बनाउने घोषणा

एजेन्सी : दक्षिण भारतीय निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले फिल्म ‘कांतारा’को प्रिक्वेल बनाउने घोषणा गरेका छन्।
भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गरेका हुन्।
सन् २०२४ मा रिलिज हुने फिल्मको हाल स्क्रिप्ट लेखनको काम भैरहेको उनले बताए।
गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले सुरुवाती दिनमा बक्सअफिसमा अत्यन्त कमजोर व्यापार गरेको थियो। तर, पछि फिल्मले आफ्नो रफ्तार पकड्यो।
कन्नड भाषामा बनेको यो फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो। आइएमडिबीमा फिल्मलाई ९.१ को रेटिङ मिलेको छ।
माघ २५, २०७९ बुधबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।