ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
बुधबार विहान दाहाल ओलीलाई भेट्न बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिवालयका एक सदस्यले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै अहिले सरकारका पाँच मन्त्रालय प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका छन्।
माघ २५, २०७९ बुधबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।