भूकम्पमा परेर टर्कीको राष्ट्रिय फुटबल टिमको गोलकिपरको मृत्यु

भूकम्पमा परेर टर्कीको राष्ट्रिय फुटबल टिमको गोलकिपरको मृत्यु

एजेन्सी : सोमबार गएको भूकम्पमा टर्कीको राष्ट्रिय फुटबल टिमका गोलकिपर अहमद इयुप तुर्कस्लानको मृत्यु भएको छ।

२८ वर्षीय तुर्कस्लान टर्किस सुपर लिगमा येनी मालत्यास्पोर क्लबबाट खेल्दै आएका थिए। उनले यस क्लबसँग एक वर्षको सम्झौता गरेका थिए।

सिनियर खेलाडी तुर्कस्लानको फुटबल करियर १० वर्षदेखि लगातार फुटबल खेल्दै थिए। यस अवधिमा उनले ५ क्लबबाट ८७ खेल खेले।

उनी विवाहित हुन्।

टर्कीमा गएको भूकम्पमा परी अहिलेसम्म ७ हजार ८ सय जनाको मृत्यु भइसकेको छ भने कयौं बेपत्ता छन्। हजारौं घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

भूकम्प जाने क्रम अझै पनि जारी छ। भग्नावशेषबाट धेरै मानिसले आफूलाई बचाउनका लागि कराइरहेको बीबीसीले जनाएको छ।

माघ २५, २०७९ बुधबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।