लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदका लागि उप–निर्वाचन हुँदै, तीन जना चुनावी मैदानमा

लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदका लागि उप–निर्वाचन हुँदै, तीन जना चुनावी मैदानमा

बुटवल : लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य पदका लागि उप–निर्वाचन हुँदैछ।

सत्तारूढ एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जसअनुसार सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ। मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ।

तत्कालीन एमाले सांसद् खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजीनामा दिएपछि राष्ट्रिय सभा सदस्य पद रिक्त थियो।

माघ २५, २०७९ बुधबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।