बुटवलमा एक साता ‘सटडाउन’ हुने
काठमाडौं : रुपन्देहीको बुटवलमा एक साता बत्ती जाने भएको छ।
नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशखाले सार्वजनिक सूचना निकालेर एक सातासम्म बत्ती जाने बताएको हो।
सूचनामा भनिएको छ, ‘कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी जिल्ला, सुनवल न.पा. १३, बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल–बर्दघाट १३२ के.भी. डबल सर्किट प्रसारण लाइन सटडाउन हुनेछ।’
सटडाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुुसार गार्हस्थ्य फिडरहरू बत्ती जाने प्राधिकरणले जनाएको छ।
माघ २५, २०७९ बुधबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।