वैज्ञानिकहरूले पत्ता लगाए दोस्रो पृथ्वी, जहाँ सधैं एउटै आधा भागमा मात्रै उज्यालो हुन्छ

वैज्ञानिकहरूले पत्ता लगाए दोस्रो पृथ्वी, जहाँ सधैं एउटै आधा भागमा मात्रै उज्यालो हुन्छ

एजेन्सी: वैज्ञानिकहरुले दोस्रो पृथ्वी पत्ता लगाएका छन्। वान इण्डिया डटकमका अनुसार ‘अर्थ २’ नाम दिइएको यो नयाँ ग्रह हाम्रो पृथ्वी जस्तै देखिन्छ।

यस ग्रहमा पानी पर्ने सम्भावना पनि रहेको बताइएको छ भने यहाँ जीवन रहने सम्भावना पनि उच्च रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन्।

स्पेनको क्यालार अल्टो अब्जर्भेटरीमा रहेको ११.५ फिट अग्लो कारमेन्स टेलिस्कोपको सहयोगमा यो ग्रह पत्ता लागेको हो।

यो नयाँ पृथ्वीको खोजीमा विश्वभरका ५० वैज्ञानिकहरु लागेका थिए। पृथ्वी जस्तै यो ग्रह पनि आफ्नो तारा वरिपरि घुम्छ। यो ग्रह पृथ्वीभन्दा १.०८ गुणा ठूलो छ।

वैज्ञानिकहरू भन्छन् कि यो पृथ्वीको सबैभन्दा नजिकको ठाउँहरू मध्ये एक हो। एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित अध्ययन अनुसार यो हाम्रो पृथ्वीबाट ३१ प्रकाश वर्ष टाढा छ। 

यस ग्रहलाई आधिकारिक रूपमा ‘वुल्फ १०६९ बी’ नाम दिइएको छ। यो लगभग पृथ्वीको आकार कै छ भने यसको औसत तापक्रम लगभग १३ सेल्सियस डिग्री रहेको बताइएको छ।

वैज्ञानिकहरुका अनुसार यस ग्रहमा सधै एकातिर उज्यालो हुन्छ भने अर्कोतिर अन्धकार हुन्छ।

त्यस ग्रहमा हाम्रो ग्रहको जस्ताे पालैपालो दिन र रात हुने कुनै सूत्र छैन। यसको मतलब दिन भैरहने क्षेत्रमा त्यहाँ जीवन सम्भव छ।

माघ २४, २०७९ मंगलबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।