भूकम्पको भग्नावशेषमा फसेका फुटबलरकाे उद्धार

भूकम्पको भग्नावशेषमा फसेका फुटबलरकाे उद्धार

एजेन्सी : घानाका फुटबलर क्रिस्चियन एत्सुलाई टर्कीमा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट घाइते अवस्थामा उद्धार गरिएको छ।

क्लबका उपाध्यक्ष मुस्तफा ओजाटले टर्की रेडियोलाई दिएको जानकारी उनलाई मंगलबार विहान उद्धार गरिएको हो।

३१ वर्षीय घानाका पूर्व फरवार्डले टर्किस सुपर लिगमा हाटास्पोर खेल्दै आएका छन्। टर्कीमा सोमबारदेखि आएको भूकम्प कम्तीमा ५ हजार जनाको मृत्यु भइसकेको छ।

एत्सुले न्युक्यासलका युनाइडेट, चेल्सी, एभर्टन र बोर्नेमाउथबाट खेलिसकेका छन्। ओजाटले क्लबम निर्देशक तानेर सवुत अझै पनि भग्नावशेषमै रहेको बताएका छन्।

माघ २४, २०७९ मंगलबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।