सर्वोच्चमा दर्ता भयो देउवालाई प्रतिपक्षी दलको नेताको सुविधा नदिन परेकाे रिट

काठमाडाैंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै परेकाे रिट सर्वोच्चले मंगलबार दर्ता गरेको छ।
अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदनलाई यसअघि सर्वोच्चले दरपीठ गरेको थियो।
उक्त दरपीठ आदेशविरुद्ध नै निवेदन परेपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्नु भनी आदेश दिएको थियाे।
रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षीको अधिकार दिन नमिल्ने उल्लेख छ।
माघ २४, २०७९ मंगलबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।