६ वर्षीया बालिकाको बलात्कार र हत्या गर्ने साहलाई जन्मकैद, दुई वर्षपछि भयो फैसला

६ वर्षीया बालिकाको बलात्कार र हत्या गर्ने साहलाई जन्मकैद, दुई वर्षपछि भयो फैसला

काठमाडौं: महोत्तरी जिल्ला अदालतले ६ वर्षीया बालिकाको बलात्कार र हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ। 

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण र बलात्कारपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाइएको हो।

अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो।

२०७७ सालमा अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएका थिए। पछि बलात्कार गरी घटना बाहिरिने डरले उनको घाँटी थिचेर हत्या गरी शव बोरामा राखेर फालिदिएका थिए।

माघ २४, २०७९ मंगलबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।