टर्की भूकम्प : लगातारको पराकम्पका कारण उद्धारमा कठिनाइ, ज्यान जानेको संख्या ५ हजार नाघ्याे

टर्की भूकम्प : लगातारको पराकम्पका कारण उद्धारमा कठिनाइ, ज्यान जानेको संख्या ५ हजार नाघ्याे

एजेन्सी: टर्कीको पूर्वी भाग र सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म पाँच हजार भन्दा बढीकाे मृत्यु भएको छ भने १५ हजार भन्दा बढी घाइते भएका छन्।

भूकम्पमा परी मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने आपत्कालीन सुरक्षाकर्मीहरुले बताएका छन्।

कठ्याङ्ग्रिने चिसो तथा लगातारको पराकम्पका कारण उद्धार तथा राहतका काम गर्न हम्मे-हम्मे परेको बताइएको छ। भूकम्पपछि हालसम्म झण्डै २०० पराकम्प गैसकेको छ।

करिब ६ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन रहको छ।

भूकम्प प्रभावित क्षेत्रहरुमा २४ हजार भन्दा बढी कर्मचारी परिचालन गरिएको टर्कीको विपद् व्यवस्थापन निकायका अधिकारीहरुले बताएका छन्।

माघ २४, २०७९ मंगलबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।