५ नेपाली खेलाडीको नाम महिला आईपीएलको अक्सनमा, पहिलो पटक हुँदैछ प्रतियोगिता

५ नेपाली खेलाडीको नाम महिला आईपीएलको अक्सनमा, पहिलो पटक हुँदैछ प्रतियोगिता

काठमाडौं: पहिलो पटक आयोजना हुन लागेको महिला आईपीएल (डब्लूपीएल) को अक्सनका लागि ५ नेपाली खेलाडीको नाम दर्ता गरिएको छ।

अर्को साता हुने अक्सनमा नेपालबाट पाँच खेलाडीको नाम दर्ता गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कप्तान रुविना क्षेत्रीसँगै, सीता रानामगर, कविता कुँवर, इन्दु बर्मा र अश्मिना कर्माचार्यको नाम दर्ता गरिएको हाे।

वुमन्स प्रिमियर लिगका लागि सम्बन्धित देशको क्रिकेट संघमार्फत नै खेलाडी दर्ता गराउनु पर्ने प्रावधान रहेको छ।

आईपीएलको ठूलो सफलता पछि भारतीय क्रिकेट बोर्डले पहिलो पटक वुमन्स प्रिमियर लिग गर्न लागेको हो।

पाँच टिमको सहभागिता रहने लिगमा हरेक टिमले हरेक खेलमा बढीमा पाँच जना विदेशी खेलाडी खेलाउन पाउने छन्।

पाँच जना मध्ये एक जना एसोसियट खेलाडी हुनुपर्ने नियम छ। त्यसैले नेपालका खेलाडी अक्सनमा बिक्ने सम्भावना बढी रहेको छ।

माघ २४, २०७९ मंगलबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।