एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ अफर
काठमाडौं : एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ।
नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्नेछन्। इन्स्टा बाइ मार्फत, अस्पताल, होटल, रेस्टुरेन्ट र अन्य सेवाहरूको भुक्तानी पनि र्ईएमआईमा रुपान्तरण गर्न सकिन्छ।
यो सुविधा प्रयोग गर्न, ग्राहकले बैंकको वेबसाइटमा गएर इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ। नयाँ फिचरले ग्राहकलाई क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने बैंकको विश्वास छ।
माघ २४, २०७९ मंगलबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।