सरकारी तथ्यांकहरुकाे सुरक्षा गर्ने मुख्य साँचाे नै सरकारकाे हातमा नभएकोमा सञ्चारमन्त्रीको चिन्ता

सरकारी तथ्यांकहरुकाे सुरक्षा गर्ने मुख्य साँचाे नै सरकारकाे हातमा नभएकोमा सञ्चारमन्त्रीको चिन्ता

काठमाडौं: नेपालको सरकारी तथ्यांकहरुकाे सुरक्षा गर्ने मुख्य साँचाे नै सरकारको हातमा नभएकोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चिन्ता व्यक्त गरेकी छन्।

मंगलबार क्यान इन्फोटेक २०२३ को उद्घाटनमा बोल्दै उनले नेपाल सरकारको सूचना केन्द्रको साँचो सरकारसँगै नभएको बताइन्। 

एकातर्फ सूचना-प्रविधि (आईटी) क्षेत्रका लागि विदेशीहरूबाट सेवा लिनु परेका कारण सुरक्षाका विषयमा चुनौति बढिरहेको र अर्कातर्फ आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भैरहको उनले उल्लेख गरिन्।

उनले नेपाली आईटी क्षेत्रको सुरक्षाको लागि सरकार आफैंले आईटी कम्पनी खोल्नुपर्ने सुझाव दिएकी छन्।

माघ २४, २०७९ मंगलबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।