नातीको झगडा छुट्याउन जाँदा हजुरबुवाको हत्या

नातीको झगडा छुट्याउन जाँदा हजुरबुवाको हत्या

सिरहा : ७० वर्षीय वृद्धको कुटेर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नवराजपुर गाउँपालिका–४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति पक्राउ गरेको हो।

सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै–झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झाझपट्टीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माघ २४, २०७९ मंगलबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।