‘क्यान इन्फोटेक २०२३’ सुरु, यो पटक नेपाली प्रतिभा र ‘स्टार्टअप’ लाई बढी प्राथमिकता

‘क्यान इन्फोटेक २०२३’ सुरु, यो पटक नेपाली प्रतिभा र ‘स्टार्टअप’ लाई बढी प्राथमिकता

काठमाडौं: ‘क्यान इन्फोटेक २०२३’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्यान इन्फोटेक मेलाको उद्घाटन गरिन्।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाख जनाले अवलोकन गर्ने अनुमान छ। 

प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्। 

क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङ लगायत कार्यक्रम समावेश गरिएको छ।

माघ २४, २०७९ मंगलबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।