अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकपको उपाधि दिलाएका कप्तानले गरे सन्न्यासको घोषणा
एजेन्सी: अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकपको उपाधि दिलाएका कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
फिन्च कै कप्तानीमा अष्ट्रेलियाले सन् २०२१ को विश्वकपको उपाधि उचालेको थियाे। ३६ वर्षीय फिन्चले यसअघि नै टेस्ट र ओडिआई क्रिकेटबाट पनि सन्न्यास लिइसकेका छन्।
उनले अष्ट्रेलियाका लागि १०३ टी-२० आई, ५ टेस्ट र १४६ ओडिआई खेल खेलेका छन्। फिन्चले सन् २०२४ को विश्वकपमा अष्ट्रेलियाको टिममा आफ्नाे स्थान नरहेकोले यो सन्न्यास लिने उचित समय भएको बताए।
माघ २४, २०७९ मंगलबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।