प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, राष्ट्रपति निर्वाचनका विषयमा छलफल

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, राष्ट्रपति निर्वाचनका विषयमा छलफल

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आज (मंगलबार) बिहान ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालबीच भेटवार्ता भएको हाे। भेटमा विशेषगरी राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनका बेला राष्ट्रपति एमालेकाे भागमा परेको थियो। राष्ट्रपतिको निर्वाचन आगामी २५ फागुनमा हुने तय भएको छ।

माघ २४, २०७९ मंगलबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।