पेरुमा पहिरोमा परी सोमबार रातिसम्म ३६ जनाको मृत्यु

पेरुमा पहिरोमा परी सोमबार रातिसम्म ३६ जनाको मृत्यु

एजेन्सी: पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको छ। पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरूको ज्यान गएको हो।

दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन्। उनीहरू पुरिएको आशङ्का गरिएको छ।

त्यहाँ सोमबार पहिरो गएको थियो। नेसनल सिभिल डिफेन्सका अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरू कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ।

यस प्रान्तमा गएको एक हप्तादेखि भीषण वर्षा जारी छ। वर्षाका कारण राजमार्गहरूमा पनि क्षति पुगेको छ।

वर्षा र बाढीका कारण आएको पहिरोले हजारौँ मानिस प्रभावित भएका छन्।

प्रभावित व्यक्तिहरूको उद्धारका लागि सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाएको जनाएको छ।

माघ २४, २०७९ मंगलबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।