आगलागीबाट बालिकाको मृत्यु, तीन तले घर जलेर नष्ट

आगलागीबाट बालिकाको मृत्यु, तीन तले घर जलेर नष्ट

काठमाडौं: जुम्लाको चन्दननाथ नगरपालिका– १ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ– १ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो। आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरेका छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ २४, २०७९ मंगलबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।