लुम्बिनीमा आजबाट ९१२औँ रामकथा वाचन सुरु
बुटवल: भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२औँ रामकथा वाचन गर्दैछ्न्। रामकथा प्रेम यज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा नौ दिनसम्म कथावाचन हुनेछ।
हिजो पहिलो पटक लुम्बिनीमा पाइला टेकेका बापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्म स्मारक (मार्क स्टोन), अशोक स्तम्भ, पुष्पकरणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे। बापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे।
उक्त अवसरमा उनले लुम्बिनी विकास कोषको भिजिट बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै सौभाग्यशाली अनुभव गरेको लेखेका छन्।
माघ २४, २०७९ मंगलबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।