उकेरा टप फाइभ : मनोज पाण्डेलाई सात वर्ष कैद, पेट्रोलियम पदार्थको मूल्य ३ रूपैयाँले बढ्यो

उकेरा टप फाइभ : मनोज पाण्डेलाई सात वर्ष कैद, पेट्रोलियम पदार्थको मूल्य ३ रूपैयाँले बढ्यो

काठमाडौं : सोमबार सामाजिक सञ्जालमा दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आइतबार साँझ गरेको पत्रकार सम्मेलनको चर्चा भयो। उनको अभिव्यक्तिको बारेमा पक्ष र विपक्षमा बहस भयो।

सोमबार नै अदालतले विभिन्न चर्चित मुद्दा बलात्कार आरोपी मनोज पाण्डे, आगलागीमा दोषी ठहर भएको अरुणकुमार चौधरी र बलात्कार आरोपी पल शाहको विषयमा अदालतले फैसला गर्यो।

यसैदिन पाकिस्तानका क्रिकेटर मोहम्मद रिजवान बलात्कार आरोपी सन्दीप लामिछानेलाई भेट्न नेपाल आए। उनी सन्दीपलाई हौसला दिनका लागि नेपाल आएको बताए।

अब लागौं टप फाइभतर्फः
उकेराले विहान बुद्ध जन्मस्थल लुम्बिनीमा राखिएका दानपेटिकामा चढाइएको भेटी नेपाल राष्ट्र बैङ्कले साट्न नसकेको समाचार प्रकाशित गर्यो। विदेशी पर्यटकले चढाएका विदेशी मुद्राको भेटी नसाटिँदा ती केवल कागजको खोस्टो बराबर बनेको छ।
पूरा समाचारः लुम्बिनीमा चढाइएको एक करोड १७ लाखको भेटी कागजको खोस्टो बराबर, राष्ट्र बैङ्कले साट्न मानेन विदेशी मुद्रा

यस्तै मध्यान्ह उकेराले नियमित स्तम्भअन्तर्गत भुइँमान्छे काठमाडौंको सडकमा जुत्ता पालिस गर्ने छेदी रामको विषयमा समाचार प्रकाशित गर्यो। बागबजारको पद्मकन्या क्याम्पसको गेटनिर बसेका उनी वर्षौंदेखि आफ्नो पसल चलाइरहेका छन्। अहिले काठमाडौं महानगरको निशाना फुटपाथ व्यवसायीमाथि भइरहेको बेला उनलाई भने आनन्द छ।
पूरा समाचारः काठमाडौंको सडकमा जुत्ता पालिस गर्ने छेदी राम, जो नगरप्रहरीसँग डराउँदैनन्

त्यसैगरी, सौन्दर्य प्रतियोगिताको नाममा बाल यौन दुर्व्यवहार गरेको र मानव बेचबिखनको अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजायको फैसला भएको समाचार पनि उकेराले समाचार लेख्यो। काठमाडौं जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा ६ महिना कैद सजाय सुनाएका उनीविरुद्ध मानव बेचबिखनको मुद्दामा भने ७ वर्ष कैद सजाय भएको हो।
पूरा समाचारः यौन दुर्व्यवहारमा दोषी भएका पाण्डेलाई मानव बेचबिखनमा सात वर्ष कैद

उता आत्मदाह गरेका प्रेमप्रसाद आचार्यसँग कारोबारमा जोडिएका उपेन्द्र महतोदेखि मीनबहादुर गुरुङसम्मको बयान सकिएको र आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले प्रमाण सङ्कलन गर्दै रहेको समाचार उकेराले छाप्यो। आचार्यले फेसबुकमा लेखेको नोटलाई प्रहरीले सुसाइड नोटको रूपमा स्वीकार गरेर अनुसन्धान अगाडि बढाएको हो।
पूरा समाचारः आत्मदाह गरेका आचार्यसँग कारोबारमा जोडिएका उपेन्द्रदेखि मीनबहादुरसम्मको बयान सकियो, दुरुत्साहनमा प्रमाण सङ्कलन गर्दै प्रहरी

राति उकेराले नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको समाचार प्रकाशन गर्यो। निगमले हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।
पूरा समाचारः पेट्रोलियम पदार्थको मूल्य बढ्याे

माघ २३, २०७९ सोमबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।