एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको जानकारी दिए।

चाँडै नै बैठकको मिति तय गरिने उनले बताए।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।

माघ २३, २०७९ सोमबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।